Connect with us
Kapilvast Forest

एमाले कार्यदल बैठक सिंहदरवारमा शुरू

२०७८, २२ असार मंगलवारमा प्रकाशित

 

काठमाडौं-नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरवारमा शुरू भएकाे छ । बैठक शुरू भएकाे एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयाे । बैठकमा केही ठाेस सहमतिकाे खाका वा संयुक्त वक्तव्य आउने अनुमान गरिए पनि नेताहरूले यसबारे कुनै जानकारी दिनुभएकाे छैन्।

गत जेठ २ गते प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल गरी दुवै पक्षबाट पाँच–पाँच जना सदस्य सम्मिलित कार्यदल गठन गरिएको थियो । एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको उक्त कार्यदलको औपचारिक बैठक पछिल्लो समय भने निस्क्रिय रहदै आएको थियो । तर यसबीचमा २० देखि २५ वटा अनौपचारिक छलफल एवम् भेटवार्ताहरु भएको कार्यदलका नेताहरुले जनाउनुभएको छ ।

असार २० गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र नेपाल पक्षका नेता भीम रावलबीच भेटवार्ता भएको भोलीपल्ट नै कार्यदल पुनः सक्रिय भएको थियो । एमाले एकताबद्धताका लागि कार्यदलले निरन्तर प्रयास गर्दै आएको छ । पार्टी अध्यक्ष ओली र नेपालको संयुक्त वक्तव्य प्रकाशन गर्ने तयारी सञ्चार माध्यमहरुमा सार्वजनिक भइरहेपनि यसबारे प्रतिक्रिया दिनुहुदै नेता नेम्वाङले आजको बैठकको विषय र छलफलले नै अन्य विषयलाई निर्धारण गर्ने बताउनुभएको थियाे । समग्रमा एमाले एकताका लागि कार्यदलको बैठक बस्न लागेको अन्यथा अन्य विषय अहिलेसम्म मुख्यरुपमा नउठेको भनाई नेम्वाङको छ ।

यस्तै कार्यदलका नेपाल पक्षका नेता रघुजी पन्तले पनि आजको कार्यदलको बैठकबारे कुनै विषयवस्तु बाहिर नआइसकेको बताउनुभएकाे थियाे । आजको बैठकले कुन–कुन विषय छलफलको प्रस्तावको रुपमा उठ्छ त्यही अनुसार बहस अगाडि बढ्ने पन्तले बताउनु भएकाे थियाे । पार्टी अध्यक्ष ओली र नेपालको संयुक्त वक्तव्यबारे नेता पन्तले पनि केही खुलाउनुभएको छैन ।

दश सदस्यीय कार्यदलमा एमाले संस्थापन पक्षबाट नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षबाट नेताहरु भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।

कार्यदलका दुवे पक्षका नेताहरुले नेकपा एमालेको पार्टी एकताका लागि औपचारिक एवम् अनौपचारिक बहस एवम् छलफल गर्दै आउनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu