Connect with us
Kapilvast Forest

नेकपा एमालेको बैठक भोलि पनि बस्ने

२०७८, २२ असार मंगलवारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमाले आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सम्पन्न भएको छ । बैठक समग्रमा पार्टी विवादका विषय कसरी टुंगोमा पु-याउने भन्नेमा कार्यदलका सदस्यहरुबीच छलफल भएको एमाले नेता गोकर्ण विष्टले जानकारी दिनुभयो ।

विष्टले कार्यदलको हिजोको बैठकभन्दा आजको बैठकमा थप प्रगति भएको बताउनुभयो । उहाँले पार्टी भित्रको विवादित विषयहरु, भिन्नता र असहमतिहरु कहाँ–कहाँ छन् र यसलाई कसरी समाधानमा पु-याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको बताउनुभएको छ । कार्यदलको आजको बैठकमा पार्टी अध्यक्ष ओली र नेता नेपालको संयुक्त वक्तव्य प्रकाशन गर्ने लगायत विविध विषयमा छलफल भइरहेको नेता विष्टले बताउनुभएको छ । आजको बैठकले समाधानको एउटा आधार तयार गरेको उहाँको भनाई छ ।

यस्तै एमाले नेता रघुजी पन्तले पनि हिजोको कार्यदलको बैठकमा सामान्य कुरा भएपनि आजको बैठकमा छलफलका विषयहरु बुँदागरुपमा अघि बढेको जानकारी दिनुभयो । नेपाल पक्षमा रहदै आउनुभएको एमाले नेता पन्तले पार्टी अध्यक्ष ओली र नेता नेपालको संयुक्त वक्तव्य प्रकाशनको विषय छलफलमा प्रवेश नै नभएको समेत बताउनुभएको हो ।

एमाले कार्यदलको बैठक भोलि पनि जारी रहने नेताहरुले बताउनुभएको छ । बैठकमा कार्यदलका नेताहरुले आ–आफ्नो तर्फबाट महतवपूर्ण सुझावहरु राख्नुभएको र बैठक हिजोभन्दा थप सकारात्मक भएको प्रतिक्रिया एमाले कार्यदलका नेताहरुले बताउनुभएको छ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu