Connect with us
Kapilvast Forest

तिनाउमा टिपर खस्दा चालकको मृत्यु

२०७८, २३ असार बुधबारमा प्रकाशित

accident

बुटवल-पाल्पाको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।सिद्धार्थ राजमार्गको बुटवल(पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ५ चरचरे कालिमाटीमा बुधबार बिहान चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा परेको थियो।

टिपर सडकबाट करिब एक सय ५० मिटर तल तिनाउ नदीमा खसेको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परेर चालक पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर ५ विरकोटका ३६ वर्षिय सुदीप गैरेको मृत्यु भएको छ।

गैरेलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि लगिएको थियो।टिपर तिनाउ नदीमा खसेर डुबेको अवस्थामा भेटिएकोले सहचालक वा अरू कोही उक्त टिपरमा भए नभएकोबारे खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu