Connect with us
Kapilvast Forest

वन विकासमा योगदान दिए बापत ३ सञ्चारकर्मीसहित ६ जना सम्मानित

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु-वन विकास तथा बातावरण संरक्षणको क्षेत्रमा सहयोग पुर्याएका जिल्लाका तिन सञ्चारकर्मी सहित ६ जनालाई तौलिहवाका संमानित गरिएको छ । । तिलौराकोट साझेदारी बन व्यवस्थापन समिति र डिभिजन वन कार्यालय कपिलवस्तुको आयोजनामा मिडिया–साझेदारी वन अन्तरक्रियामा सम्मान उहाँहरुलाई सम्मानित गरिएको हो ।

संचारकर्मी बृजेश जैसवाल मनिष कार्कीै र पार्वती आचार्यलाई तिलौराकोट साझेदारी बन व्यवस्थापन समितिका संयोजक जयप्रकाश पाण्डेय र डिभिजन बन कार्यालय कपिलवस्तुका डिभिजन वन अधिकृत ईश्वरी प्रसाद पौडेलले डिभिजनले १० हजार नगद र प्रशसा पत्रले सम्मानित गर्नु भएको थियो ।

तिलौराकोट साझेदारी बनले बन बातावरण तथा बैज्ञानिक बन व्यवस्थापनमा लामो समय देखि वकालत गर्दै आएका संविधानसभा सदस्य दान बहादुर चौधरी, निजी बन प्रर्बद्धन गरे बापत यशोधरा गाउँपालिका १ का शिवदयाल तिवारी तथा कबनपा ५ का विक्रम बरईलाई सम्मान गरिएको थियो ।

सो अवसरमा डिभिजन वन कार्यालयका प्रमुख पौडेलले बैज्ञानिक वन ब्यवस्थापन लागु हुने बेला देखि नै संचारकर्मीले सकारात्मक समाचार संप्रेशरण गरेको बताए । उनले वन संरक्षण, बैज्ञानिक र दिगो ब्यवस्थापन लागायत वन बयवस्थापनमा संचारकर्मीले योगदान दिएको बताउनु भयो । तिलौराकोट साझेदारी वन ब्यवस्थापन समितिका अध्यक्ष पाण्डेयले एक दशकको सिकाई पछि बैज्ञानिक वन सफलता तर्फ उन्मुख भईरहेको बेला सरकारले बैज्ञानिक वन ब्यवस्थापन कार्यबिधि खारेज गरे पछि अन्यौल सृजना भएको बताउनु भयो ।

उनले बैज्ञानिक वन ब्यवस्थापनलाइर्ए ऐनमा नै समेटिनु पर्ने बताउनु भयो । कार्यक्रममा समितिले संचालन गरिरहेको कबनपा २ स्थित स–मिल बारे जानकारी दिदै व्यवस्थापक ध्यानेन्द्रमणि त्रिपाठीले मिलले चालु आ.ब.मा गरेका काठ चिरान, विक्री, समुहलाई दिएको काठको विवरण र नाफा नोक्सान प्रष्ट्याउनु भएको थियो ।

वनको पहुँचमा नरहेका टाढाका उपभोक्ता समेत गरि २५ हजार घरधुरीलाई काठ दाउरा उपलब्ध गराउदै आएकोमा सरकारले बैज्ञानिक वन व्यवस्थापनको कार्यबिधीमा रोक लगाउदा उपभोक्ता मारमा परेको समितीका सदस्य शिवलाल यादवले गुनासो गर्नु भयो । तिलौराकोट साझेदारी वनका अध्यक्ष पाण्डेयको अध्यक्षता। बसन्त गिरीको संचालनमा भएको कार्यक्रममा पुर्व मन्त्री दान बहादुर चौधरी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, संचारकर्मी पार्वती आचार्यले मन्तब्य दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu