Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटीको बैठक भाेलिसम्मका लागि स्थगित

२०७८, २७ असार आईतवारमा प्रकाशित

 

काठमाडौं- नेकपा (एमाले) स्थायी कमिटीको आज दिउँसो ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक भाेलि (२८ गते) सम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमाले विवाद समाधानका लागि कार्यदलको बैठक सिंहदरबारमा जारी रहेकै बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारमा स्थायी कमिटी बैठक बस्न लागिएको थियो । एमाले स्थायी कमिटी बैठकले कार्यदलले तयार पारेको सहमतिको दस्तावेज सार्वजनिक गर्ने बताइए पनि बैठक स्थगित भएपछि यो कार्यकम पनि स्थगित हुने देखिएको छ ।

नेकपा एमाले कार्यदलका नेताहरुले पार्टी एकताको सम्बन्धमा बहस सार्थक हुदै गएको र आजै सुखद समाचार सुन्न पाइने बताउँदै आउनुभएको थियो। एमाले पार्टी एकता सम्बन्धीको दस्तावेजमा आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचमा संयुक्त हस्ताक्षर गरी स्थायी कमिटीको बैठकले पार्टी एकताको घोषणा गर्ने बताइएको थियो । तर, आज बिहान सिंहदरबारमा एमाले कार्यदलका नेपाल पक्षका नेताहरु नेपाल निवास जानुभएको र सहमतिको दस्तावेजमा नेपाल सन्तुष्ट हुन सक्नुभएको छैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu