Connect with us
Kapilvast Forest

गल्ती तिम्रै हो माधव दोष तिम्रै हो झलनाथ

२०७८, १ श्रावण शुक्रबारमा प्रकाशित

गल्ती तिम्रै हो माधव
दोष तिम्रै हो झलनाथ
अली अली छल कपट
अली अली दम्भ
अली अली घमण्ड
त हुनु पर्छ नी
शत्ताको भर्‍याङ्ग बनाएको
कम्युनिष्ट एकतालाइ
महान् देखेर जोगाउन लाग्ने
कमाण्डरको उर्दीलाइ स्विकार्दै
ताली पिट्न छोडेर
अध्यादेशबाट देश चलिरहँदा
संसद खोज्ने ।

खराब तिमीहरु नै हो
वाइड बडीमा – बोल्ने
किट खरीदमा – बोल्ने
७० करोडमा – बोल्ने
उखु किसानमा – बोल्ने
बोल्नै परे पनि
कमाण्डरको जय जयमा बोल्ने हो
नत्र चुप चाप बस्ने हो ।

तिमिहरुले गल्ती स्विकार्नै पर्छ
कमाण्डर सँग माफी माग्नै पर्छ
दल विभाजन अध्यादेश – ठिक थियो
कर्णाली विवाद – ठिक थियो
संवैधानिक नियुक्ति – ठिक थियो
प्रवेशलाई लगाम – ठिक थियो
बेठिक त
तिमीहरुको प्रतिकार थियो
विधि र पद्घति थियो
गल्ती तिमीहरुको नै हो
ऊ नेता होइन मालिक थियो
सेवक होइन शासक थियो
उर्दी मान्न पर्थ्यो ।

पार्टीमा छलफल – त्यो पर्दैन
कमिटि बैठक – त्यो पर्दैन
संसदिय दल – त्यो पर्दैन
विधान र घोषणा पत्र – त्यो पर्दैन
पर्ने र सुन्ने त
उहाँको आदेश थियो ।

तिमीहरु त खराब रहेछौ
वर्तमानलाइ मात्र हेर्ने हो
भविष्य सोचेर हुन्छ ?
संसद विघटन – मान्न पथ्र्यो
नागरिकता विधेक – मान्न पथ्र्यो
गिटि वालुवा ढुवानी – मान्न पथ्र्यो
एम सीसी – मान्न पथ्र्यो
मान्न नपर्ने त
संविधान र सर्वोच्चको निर्णय पो त ।

जस्तो होस जे होस
चुप बसेर भए पनि
सरकार – जोगाउने हो
गुट – जोगाउने हो
कार्यकर्ता – जोगाउने हो
दलाल पुजीवाद– जोगाउने हो
तिमी हरु त मुर्ख रहेछौ
कहाँ संविधान र व्यवस्था
जोगाउन लागेर हुन्छ ?

लेखकः बिकास रेग्मी
इलाम, हाल : काठमाडौ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu