Connect with us
Kapilvast Forest

महाराजगंजमा निशुल्क अल्ट्रासाउन्ड सेवा शुरु, मेयर कलामद्वारा उदघाटन

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

बृजेश यादव,कपिलबस्तु –कपिलबस्तुको महाराजगंज नगरपालिकामा निशुल्क अल्ट्रासाउन्ड (USG) सेवा शुरु भएको छ । नगरपालिका भित्र रहेको गर्भावती महिलाहरुको अल्ट्रासाउण्ड (USG) सेवाको शुरुवात गरिएको महाराजगंज नगरपालिकाले जनाएको छ ।

महाराजगंज नगरपालिकामा सञ्चालित महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमका बिच महाराजगंज नगरपालिकाको नगरप्रमुख अब्दुल कलामले रिबन काटेर उदघाटन गर्नु भएको थियो ।

उदघाटन समारोहमा बोल्दै नगर प्रमुख कलामले यो काम महाराजगंज नगरपालिकाको नगरवासीहरुको लागि ठुलो उपलब्धीको रुपमा रहेको बताउनु भयो । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लैजाने नगर प्रमुख कलामले प्रतिबद्धता जानउनु भयो ।

स्वास्थ्य जिवनको आधार,महाराजगंजको सरोकार भन्ने मुल नाराको साथ महाराजगंज नगरपालिकाले स्वास्थ्य सम्बन्धी बिभिन्न प्रकार लोक प्रिय कार्यक्रमहरु संचालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।

नगरपालिकाले मधुमेह र सुगरका बिरामीहरुको लागि निस्शुल्क औषधी बितरण गर्ने कार्यक्रमको शुरुवात भई सकेको प्रमुख प्रशासकीय अधिकृत खरेलले जानकारी दिनु भयो ।

महाराजगंज नगरपालिकामा ५० सैया अस्पताल निर्माणको लागि आवश्यक पहल भईरेहको नगर प्रमुख अब्दुल कलाम बताउनु भयो ।                                महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्रका अ.न.मी पदमा कुमारी राना लाई प्रदेश तालिम केन्द्रले ३ हप्ताको तालिम उपलब्ध गराई स्वास्थ्य निर्दैशनालय लुम्बिनी प्रदेशले मेसिन हस्ताण्तरण गरेको छ ।
गर्भावती महिलाहरुको अल्ट्रासाउण्ड usg  सेवाबाट हुने फाईदा सम्बन्धी जानकरी महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्रका अ.न.मी पदमा कुमारी रानाले जानकारी गराउनु भएको थियो ।

महाराजगंज नगरपालिका वडा नं १ को वडा अध्यक्ष शिवप्रसाद बनियाको अध्यक्षता नगरप्रमुख अब्दुल कलामको प्रमुख अतिथ्यता,प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलको बिशिष्ट अतिथ्यतमा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu