Connect with us
Kapilvast Forest

नमुना विद्यालयको नमुना काम : शिक्षकलाई ल्यापट, नयाँ भवन उद्धघाटन

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

माधव बेल्बासे,कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ मा रहेको नेपाल आर्दश माविले विद्यालयका ३३ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । नमुना विद्यालय विकास योजना अन्तर्गत रु १ करोड ५० लाखको लागतमा विद्यालयमा भौतिक निर्माण देखि शैक्षिक विकास सम्मको कार्यक्रम सम्पन्न भएको छ ।

उक्त योजना बाट निर्माण गरिएको ८ कोठे दुई तले भवन आइतवार शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले उद्धघाटन गर्नुभएको छ । करिब रु १ करोडको लागतमा भौतिक संरचना निर्माण अन्तर्गत अधुरो भवन पुरा ,नया भवन निर्माण र शौचालय निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवनराज पौडेलले बताउनुभयो ।

भवन उद्धघाटन गर्दै नगरप्रमुख अधिकारीले शिक्षामा गुणस्तरीय ल्याउन सरकारले गरेको लागनिलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । शिक्षकहरुलाई ल्यापटप देखि दुई तले भवन र शौचालय खानेपानी लगाएतका कामहरु सम्पन्न भएको उहाँ बताउनुभयो । अधिकारीले जिल्लाकै नमुनाको रुपमा विद्यालयको विकास भएको बताउँदै विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुलाई धन्यवाद दिनुभयो ।

अधिकारीले विद्यालयका संरचनालाई प्रयोगमा ल्याउन र शिक्षकहरुले ल्यापटप माफर्त शिक्षण सिकाईमा सहजिकरण गर्न आग्रह गर्नुभयो । धेरै विद्यालयहरुलाई अध्यापन गराउने विद्यालय भएकोले विद्यार्थिहरुलाई विशेष ध्यान दिएर शिक्षण गराउनुपर्नेमा नगरप्रमुख अधिकारले जोड दिनुभयो ।

शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थिले विद्यालयमा विभिन्न संकायको अध्यापन हुने भएकोले विद्यालयको चौतर्फि विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । विद्यार्थीहरुलाई मध्यानजर गरेर उनीहरुलाई सहज हुने तरिकारले अध्यापन गराउन सकेमा सिकाई प्रभावकारी हुने बताउनुभयो ।

विद्यालयमा शैक्षिक व्यावस्थापकिय तर्फ ३३ जना शिक्षकलाई ल्यापटप,बिज्ञान ल्याव विस्तार,खानेपानी तथा हात धुने भवन,३३ थान रोस्टम,ईसिडि कक्षा व्यावस्थापनमा टेबुल,कार्पेट,कुशनको व्यवस्था गरिएको विद्यालयका प्रधान्याध्यापक मुक्तिनाथ पोख्रेलले बताउनुभयो । त्यस्तै वालवालिकाहरुका लागि दुई वटा पिङ,चिप्लेटि र भित्तेघडि सबै कक्षाहरु राखिएको पोख्रेलले बताउनुभयो ।

२०७४ सालमा नमूना विद्यालयको लागि छनोट भएको र निरन्तर विद्यालयको संरचना देखि विद्यालयका शैक्षिक गतिविधिमा विकास गरिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख अधिकारीले विद्यालयको बिज्ञान प्रयोगशाला,पुस्ताकालय,पशु विज्ञान,कम्प्युटर ल्याब र पुराना तथा नयाँ संरचनाहरुको अनुगमन समेत गर्नुभएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu