Connect with us
Kapilvast Forest

चितवनमा भेटियो पुरूषको शव, गोली लागेको आशंका

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

death

चितवन-चितवनको शारदानगरस्थित घोलमा एक पुरूषको शव भेटिएको छ। भरतपुर–१७ सिमलडाँडा घोलको पानी भित्र शव भेटिएको हो।चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले शव गोली हानी हत्या गरिएको हुनसक्ने बताउनुभयो । ‘घोलमा शव थियो, शव नजिकै गोलीका खोका भेटिएका छन्,’ उहाँले भन्नुभयो , ‘गोली हानेको हो कि जस्तो देखिन्छ।

उहाँले मृतकको पहिचान नभएको बताउनुभयो । बिहान शव भेटिएको खबर आएपछि प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताउनुभयो ।

मृत पुरूषको टाउकोमा गोली लागेको जस्तो देखिएको थापाले बताउनुभयो । घटनास्थलमा १ थान गोलीको खोका भेटिएको छ।बस्तीदेखि केही पर कालोपत्रे सडक नजिकै रहेको घोलमा शव भेटिएको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu