Connect with us
Kapilvast Forest

त्रिभुवन विमानस्थलकाे गेटमा ट्राफिक बत्ती जडान

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं– त्रिभुवन विमानस्थल परिसरमा ट्राफिक बत्तीकाे उद्घाटन गरिएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवं पहलमा विमानस्थलकाे गोल्डेन गेटमा नयाँ ट्राफिक बत्ती जडान गरी आजदेखि सञ्चालनमा ल्याइएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।

 

ट्राफिक महाशाखाले यति र तारा एअरलाइन्स प्रालीसँग सहकार्य गरेर ट्राफिक बत्ती जडान गरेको हाे । उद्घाटनका क्रममा बाेल्दै प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले  विभिन्न संघ संस्था, बैंक वित्तीय कार्यालयहरुसँग  समन्वय सहकार्य गर्दै ट्राफिक व्यवस्थापनलाई प्रविधि तर्फ लिने प्रयास भइरहेकाे बताउनुभयाे ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu