Connect with us
Kapilvast Forest

मध्यम तथा छाेटाे दुरीका गाडीकाे भाडा बढाउन माग गर्दै यातायात व्यवसायी सडकमा

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं – मध्यम र छोटो दुरीका गाडीकाे भाडा बढाउनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।चक्रपथका विभिन्न ठाउँमा जम्मा भएर उनीहरूले सङ्घीय सरकारले लामो दुरीको गाडीकाे भाडा बढाएकाले छोटो र मध्यम दुरीका गाडीमा पनि भाडा बढाउन माग गरेका हुन् । व्यवसायीहरूले सबै यातायात मजदुरलाई कोभिडविरुद्धको खोप लगाउनुपर्ने पनि माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सङ्घीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र पालिकाले पनि समायोजन गर्नुपर्नेमा जोड दिनुभयो । यातायात व्यवस्था विभागले गएकाे असार ३० गते दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालवाहक सवारी साधनमा २६ प्रतिशतसम्म भाडा बढाएको थियो ।

गाडीसहित निकालेको र्‍यालीले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । यात्रु र बिरामीसमेत मर्कामा परेका छन् ।विसं २०६५ मा पेट्रोलियम पदार्थ, सवारी साधन र त्यसको पार्टपुर्जाका आधारमा सार्वजनिक सवारी साधनको भाडा निर्धारणसहित मापदण्ड तय गरिएको थियो । त्याे मापदण्डअनुसार पेट्रोलियम पदार्थको मूल्यलाई ३५ प्रतिशत र पार्टपुर्जालाई ६५ प्रतिशत आधार बनाइएको थियो । त्यही आधारमा वार्षिक रूपमा भाडा समायोजन गरिनुपर्नेमा झन्डै नौ वर्षदेखि हुन नसकेको यातायात व्यवसायीको गुनासो छ ।

संविधानअनुसार यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी तीन तहमै बाँडिएको छ । पालिकाभित्र गुड्नेको पालिका, प्रदेशभित्र गुड्नेको प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा गुड्नेको व्यवस्थापन र नियमनको जिम्मेवारी सङ्घीय सरकारको हुने व्यवस्था छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu