Connect with us
Kapilvast Forest

दोस्रो एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई हरायो

२०७८, १० श्रावण आईतवारमा प्रकाशित

एजेन्सी – दोस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजले अस्ट्रेलियालाई हराएको छ । वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हराएको हो ।

यो जितसँगै तीन खेलको श्रृङ्खलामा एक/एकको बराबरी भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

वेस्ट इन्डिजका निकोलस पुरनले अविजित ५९ रन तथा जोशन होल्डरले ५२ रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा एडम जाम्पाले २ विकेट लिए । यसअघि वेस अगरको ४१ तथा म्याथ्यु वेड र एडम जाम्पाको समान ३६/३६ रनको मद्दतमा अस्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका एल्जरी जोसेप र अकिल हुसेनले तीन/तीन तथा सेल्ड्रोन कोट्रेलले २ विकेट लिए । बिहीवारका लागि तय भएको दोस्रो एक दिवसीय टस भइसकेको अवस्थामा स्थगित भएको थियो । पहिलो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डीएल पद्धतिका आधारमा १ सय ३३ रनले हराएको थियो।

आज रातिका लागि तय भएको तेस्रो एक दिवसीय भने अब मङ्गलवार बिहान हुनेछ । वेष्ट इन्डिजसँगको खेलपछि अस्ट्रेलिया पाँच खेलको टी–ट्वेन्टी श्रृङ्खला खेल्न बङ्गलादेश जाँदैछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu