Connect with us
Kapilvast Forest

गएको आर्थिक वर्षमा तीन सय ८६ उद्योग दर्ता

२०७८, १० श्रावण आईतवारमा प्रकाशित

काठमाडौं– गएको आर्थिक वर्षमा नेपालमा तीन सय ८६ वटा उद्योग दर्ता भएका छन् । स्वदेशी र विदेशी गरी एक खर्ब ८८ अर्ब रुपैयाँ लगानीका तीन सय ८६ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

यसमध्ये एक खर्ब ५६ अर्ब रुपैयाँ स्वदेशी लगानीका दुई सय तीन वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार ११ हजार आठ सय ८३ जनालाई रोजगारी दिने गरी एक खर्ब ५६ अर्ब रुपैयाँको स्वदेशी लगानीका साना, मझौला र ठूला उद्योग दर्ता भएका हुन् ।

यस्तै गएको वर्ष ३२ अर्ब दुई करोड रुपैयाँको विदेशी लगानी स्वीकृत भएको छ । एक सय ८३ वटा उद्योगका लागि ३२ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी स्वीकृत भएको हो । वैदेशिक लगानीबाट एक सय ७१ साना उद्योग, ६ वटा मझौला र ६ वटा ठूला उद्योग दर्ता भएको विभागले जनाएको छ ।

विदेशी लगानी स्वीकृत गर्दा पाँच हजार आठ सय ३३ जनालाई रोजगारी मिल्ने उद्योग विभागले जनाएको छ । समग्रमा गएकाे वर्ष स्वदेशी र विदेशी लगानीमा दर्ता भएका उद्योगबाट १७ हजार सात सय १६ जनाले रोजगारी पाउनेछन् ।

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गएकाे वर्ष ७४ वटा स्वदेशी उद्योग र ३८ वटा विदेशी लगानीका उद्योग दर्तामा कमी देखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu