Connect with us
Kapilvast Forest

टोकियो ओलम्पिकमा दाजु बहिनीले स्वर्ण जित्दै बनाए रेकर्ड

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

एजेन्सी-विश्व जुडो च्याम्पियनसिप २०१८ मा स्वर्ण जितेपछि हिफुमीले क्योदोलाई दिएको अन्तर्वार्तामा भनेका रहेछन्, ‘मेरो लक्ष्य लगातार उपाधि जित्नुभन्दा बढी हो । दाजु–बहिनीको रुपमा स्वर्णपदक जित्न चाहन्थे । बहिनीले स्वर्ण जितेपछि म ढुक्कसाथ फाइनलमा गएँ ।’ त्यस बेला बाकुमा भएको उक्त प्रतियोगितामा बहिनी उताले स्वर्ण चुमेपछि हिफुमी पनि विश्व च्याम्पियन भएका थिए । यी आबे दाजु–बहिनीले उस्तै कथा टोकियोमा पनि दोहोर्याए । उनीहरूसँग ओलम्पिकमा यस्तै उपलब्धिको अपेक्षा पनि गरिएको थियो ।

निप्पोन बुदोकानमा अघिल्लो दिन नेपाली खेलाडी सोनिया भट्टलाई महिला ४८ केजीमुनिको स्पर्धाको पहिलो चरणमै रुसकी इरिनाले नकआउटमा गरेकी थिइन् । त्यही हलमा आइतबार दाजु–बहिनीले स्वर्णपदक जितेर इतिहास रचेका छन् । आबे परिवारका हिफुमी र उता व्यक्तिगत स्पर्धामा ओलम्पिक इतिहासमै एकैदिन स्वर्णपदक जित्ने पहिलो दाजु–बहिनी बनेका हुन् ।

 

विश्व जुडो च्याम्पियनसिप २०१८ मा स्वर्ण जितेपछि हिफुमीले क्योदोलाई दिएको अन्तर्वार्तामा भनेका रहेछन्, ‘मेरो लक्ष्य लगातार उपाधि जित्नुभन्दा बढी हो । दाजु–बहिनीको रुपमा स्वर्णपदक जित्न चाहन्थे । बहिनीले स्वर्ण जितेपछि म ढुक्कसाथ फाइनलमा गएँ ।’ त्यस बेला बाकुमा भएको उक्त प्रतियोगितामा बहिनी उताले स्वर्ण चुमेपछि हिफुमी पनि विश्व च्याम्पियन भएका थिए । यी आबे दाजु–बहिनीले उस्तै कथा टोकियोमा पनि दोहोर्याए । उनीहरूसँग ओलम्पिकमा यस्तै उपलब्धिको अपेक्षा पनि गरिएको थियो ।

२१ वर्षीया उताले महिला ५२ केजीमुनिको स्पर्धाको फाइनलमा चार मिनेटको बारबरीपछि गोल्डेन स्कोरमा फ्रान्सकी अमादिनी बुचार्डलाई हराएर स्वर्ण हात पारिन् । त्यसको २० मिनेटभित्रै दाजु हिफुमीले पुरुष ६६ केजीमुनिको फाइनलमा भाजा मार्वेलाभ्स्वीलाई वाजरीमा पराजित गर्दै कोबेका आबे परिवारलाई ओलम्पिक स्वर्णमय बनाइदिए । उनी फाइनलमा ढुक्क पनि देखिए ।

 

उपाधि जितेपछि त्यो सफलता पहिला नै तय भइसकेजस्तै उनको अनुहारको भावमा खासै परिवर्तन देखिएन । उनीभन्दा बढी खुसीयाली बहिनी उतामा देखियो, उनी दुवै हात उठाउँदै उफ्रिरहेकी थिइन् ।

ओलम्पिक भिलेजमा कोभिड–१९ को संक्रमण बढिरहेको अवस्थामा दोस्रो दिन घरेलु खेलाडीको लागि उत्कृष्ट रह्यो, जहाँ जापानले एकै दिन चार स्वर्ण जित्यो । दिनको अर्को स्वर्ण पौडीकी युई ओहासीले ४ सय मिटर इन्डिभिज्युअल मिड्लेमा दिलाएकी हुन् । उनी ६ वर्षअघि एनिमियाको उपचार गराएपछि स्विमिङ पुलमा फर्किएकी हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu