Connect with us
Kapilvast Forest

शिक्षकको रिले अनशन शुरु

२०७८, १५ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं – नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरु रिले अनशन बसेका छन् । विभिन्न ३४ बुँदे माग राख्दै आन्दोलन थालेको महासंघले चौथो चरणको आन्दोलन गरिरहेको छ । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज बिहान ८ बजेदेखि शिक्षकहर एक दिने रिले अनशन शुरु गरेका हुन् ।

महासंघ आवद्ध शिक्षकहरु देशभरिका ८३८ निकाय र काठमाडौँको माइतीघरमा अनशन बसेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , ‘सरकारले हामीसँग गरेको ३४ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ । सहमति गरेर पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनुपरेको छ ।’

 

शिक्षकहरु पालिका, शिक्षा विकास तथा समन्वय एकाइ र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयको प्रवेशद्वारमा अनशनमा बसेका छन् भने केन्द्रीय पदाधिकारीहरु माइतीघरमा बसेका छन् । करीब तीन हजार शिक्षक रिले अनशनमा सहभागी भएको महासंघले जनाएको छ ।

यसैगरी महासंघले साउन २२ गते शुक्रबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा र साउन २९ गते शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिने कार्यक्रम तय रहेको जनाएको छ । महासंघले बालुवाटारमा एक हजार शिक्षकको सहभागिता रहने दाबी गरेको छ ।

महासंघले प्रारम्भिक बालकक्षा शिक्षक तथा कर्मचारीको तलब वृद्धि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, कोभिडविरुद्धको खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षक परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आन्तरिक परीक्षाबाट बहिर्गमनमा परेका अस्थायी शिक्षकलाई तत्काल गोल्डेन हेन्डसेक दिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गरिरहेका छन् । शिक्षकहरुको आन्दोलनका कारण कतिपय स्थानमा ११ कक्षाको परीक्षासमेत स्थगित भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu