Connect with us
Kapilvast Forest

प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालनका लागि शिक्षकलाई ल्यापटप

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

 

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको रु छ लाख ५० हजार विनियोजित रकमबाट प्रति शिक्षकलाई ७० प्रतिशत र शिक्षकको तर्फबाट ३० प्रतिशत बेहोर्ने गरी १५ शिक्षकलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रध्यानाध्यापक जनक अधिकारीले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिका–९ वडाध्यक्ष कमलबहादुर खड्काले शिक्षकलाई उक्त ल्यापटप हस्तान्तरण गर्नुभएको हो । प्रत्येक कक्षाकोठामा श्रव्य दृश्य माध्यमको प्रयोग गरी सबै शिक्षकलाई सोको तयारीका लागि आवश्यक प्रशिक्षण दिई आगामी एक वर्षभित्र प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गरिने प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu