Connect with us
Kapilvast Forest

एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात

२०७८, २४ श्रावण आईतवारमा प्रकाशित

काठमाडौँ– नेपालले आर्थिक वर्ष २०७७०/७८ मा विभिन्न १५ मुलुकबाट रु एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ ।

विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी,ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन् । भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिब रु १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ ।

सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट रु एक अर्ब ५० करोड अर्थात् करिब १० करोड थान डाइपर आयात गरेको थियो । यसपछि भियतनामबाट रु ५० लाखका पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट रु ३१ लाखका करिब १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ ।

नेपालले अन्य मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ) युनाइटेड स्टेट्स, टर्की, थाइल्याण्ड, हङकङ,सिङ्गापुर, र डेनमार्कबाट पनि डाइपर आयात गर्दछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu