Connect with us
Kapilvast Forest

अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

अर्घाखाँची-अर्घाखाँची अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ। सन्धिखर्क नगरपालिका–१ मा रहेको अर्घाखाँची अस्पताल परिसरमै निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको हो । यससँगै कोराना संक्रमितको उपचारमा सहज भएको छ । यसअघि रुपन्देहीको बुटबलमा सिलिण्डर पुराएर भरेर ल्याउनु बाध्यता रहेको थियो । अब त्यो बाध्यता र अक्सिजन अभावले बिरामीले मृत्यु वरण गर्नु पर्ने बाध्यता टरेको छ ।

प्लान्टले २४ घन्टामा ७० वटा ठूला सिलिण्डर भर्ने छ । प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो । प्रविधि इन्टरनेशनलले प्रतिस्पर्धामार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। कपिल गौतमले गौतमले बताउनु भयो ।

अर्घाखाँची जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३७ सय ४८ पुगेको छ । २९ सय १५ जनाले कोरोनालाई जितेका छन । अहिले जिल्लाभरमा ७ सय ५४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu