Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशसभाको अधिवेशन भदौ १ गते बोलाइयो

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

 

बुटवल-लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गते आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमागि छलफलका लागि विशेष अधिवेशन माग गर्नु भएको थियो ।

 

तर अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै पोखरेलले राजीनामा दिनु भएको थियो । हाल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भइसक्नु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu