Connect with us
Kapilvast Forest

दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

 

काठमाडौं-उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालसँग एमाले नेताहरुले भेटवार्ता गर्नु भएको छ । दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट गर्नु भएको हो ।

आचार्यका अनुसार खनालले पार्टी विभाजनको खतरा रोकेर एमालेलाई एकतावद्द बनाउनुपर्नेमा जोड दिनु भयो । भेटमा खनालले टुट(फुटको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न उनले जोड दिएको उहाँले बताउनु भयो ।

विभाजनको सम्भावना रोक्न र एकतावद्ध पार्टी बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो आचार्यले भन्नु भयो ।मृगौला प्रत्यारोपण गरेका खनालको स्वास्थ्यमा क्रमशः सुधार भैरहेको र १५ भदौभित्र डिस्चार्ज भएर फर्किने सम्भावना रहेको उहाँले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu