Connect with us
Kapilvast Forest

शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन्छ :अफगानिस्तानका गृहमन्त्री मिर्जाक्वान

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

 

एजेन्सी –अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएउनु भएको छ । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताउनु भएको हो ।

‘अफगानी जनताले चिन्ता लिनुपर्दैन, शहरमा कुनै आक्रमण हुने छैन र संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण हुनेछ,’ रेकर्डेड भाषणमा उहााँले भन्नु भएको छ ।

 

तालिबानले राजधानी शहर काबुललाई चारैतिरबाट घेरेको तर आफूहरुले युद्ध नचाहेको बताएको छ । अहिले तालिबान र सरकारी अधिकारीहरुबीच वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu