Connect with us
Kapilvast Forest

राष्ट्रपति घानीले देश छाडेर ताजिकिस्तान प्रस्थान

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

 

काठमाडौं-बिद्रोही तालिबानले राजधानी काबुलमाथि नियन्त्रणको लागि बाहिरी घेरामा पर्खिरहँदा राष्ट्रपति अशरफ घानीले देश छोडनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपति घानीले काबुलबाट बाहिरिनुभएको हो ।

अलजजिराले आन्तरिक मामिला मन्त्रालयका एक उच्च अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति घानी ताजिकिस्तानका लागि प्रस्थान गर्नुभएको उल्लेख गरेको छ । शान्तीपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र सरकारबीच वार्ता तथा सम्वाद चलिरहँदा राष्ट्रपति घानी बाहिरिनुभएको हो ।

राष्ट्रपतिको कार्यालयले भने रोयटर्ससँगको कुराकानीमा सुरक्षाको कारणले राष्ट्रपति घानीको गतिबिधि खोल्न नमिल्ने बताएको छ । तालिबानले भने राष्ट्रपति घानीको बर्हिगमनबारे तथ्य जाँच गरिरहेको जनाएको छ । यसअघि सरकारले रक्तपात गर्न नचाहेको भन्दै शान्तिपूर्ण सत्ता हस्तान्तरणको लागि सहमति भएको बताएको थियो ।ह्जारौंको संख्यामा रहेका तालिबान बिद्रोहीले आइतबार मध्यान्हबाट चारैतर्फ राजधानी काबुललाई घेरा हाल्दै बर्हिगमन र प्रबेश बन्द गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu