Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीद्वारा दलसम्बन्धी अध्यादेश प्रमाणिकरण

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

bidya-bhandari-29.jpg

काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गर्नु भएको छ ।हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्था छ।पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu