Connect with us
Kapilvast Forest

माधव नेपालको साथ छाड्दा अष्टलक्ष्मीलाई मुख्यमन्त्री पुरस्कार

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

हेटौंडा – काठमाडौंमा नेकपा एमाले विभाजन भइरहँदा बाग्मती प्रदेशको राजधानी हेटौंडामा भने सहमतिमै मुख्यमन्त्री हेरफेर भएको छ । डोरमणि पौडेलले दलको नेतासँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने अष्टलक्ष्मी शाक्य दल नेतासँगै मुख्यमन्त्री नियुक्त हुनु भएको छ ।

एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले बुधबार साँझ नै पद तथा गोपनियताको सपथ लिनु भएको छ । साथै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ ।कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्ति गरिएको छ । पाण्डेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।

मुख्यमन्त्री पुरस्कार

एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित शाक्य मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा जानु भएको छ ।तर पार्टी नेतृत्व उहाँलाई मुख्यमन्त्री बनाउन तयार हुनु भएन । २६ माघ २०७४ मा दल नेता चयनका लागि भएको चुनावमा उहाँ डोरमणि पौडेलसँग पराजित हुनु भएको थियो । आफूलाई मुख्यमन्त्री हुन नदिने राष्ट्रपति विद्यादेवी भण्डारी समेत लागेको भन्दै उनले सार्वजनिक मञ्चहरुबाटै भन्ने गर्नु भएको थियो ।

एमाले र माओवादी केन्द्रको एकता गरेर नेकपा बन्दा र नेकपाको एकता खारेज गरेर एमाले पुनर्थापित हुँदा पनि उहाँ नेतृत्वको खरो आलोचक बन्नु भएको थियाृे । माधवकुमार नेपाल समूहमा खुलेर लागेकी उहाँले एमाले फुटाएर नेकपा एमाले समाजवादी बनाउने नेता नेपालको कदममा साथ दिनु भएको थियो ।

पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप शाक्यलाई मुख्यमन्त्री बनाएको निर्वतमान मुख्यमन्त्री पौडेलले पनि बताउनु भएको छ । पार्टी एकताका लागि मैले त्याग गरेको भन्दै उहाँले भन्नु भयो उहाँ (अष्टलक्ष्मी) पहिला जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ । पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं ।’

शाक्यले भने आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताउनु भएको छ । ‘म कहिल्यै फुटमा लागिनँ । पार्टीको सामूहिक नेतृत्वमा विश्वास गरेँ । त्यसले मात्र पार्टी बलियो बन्छ भन्ने मेरो विश्वास हो, ’ उहाँले भन्नु भयो ।

एमाले समाजवादीमा भर पर्छ शाक्यका भविश्य

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ, जुन अहिले सत्तारूढ एमालेसँग छ । त्यसैले प्रदेश प्रमुखले संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त हुनु भएको छ ।तर माधव नेपाल नेतृत्वमा बसेके एमाले समाजवादीमा बाग्मतीका कति सांसद लाग्छन् भन्नेमा धेरै निर्भर हुन्छ ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद रहनु भएको छ । माओवादी र कांग्रेसका ४५ सांसद हुनुन्छ , यदि एमाले समाजवादीमा ११ जना सांसद लाग्ने हो भने शाक्यको मुख्यमन्त्री पद धरापमा पर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu