Connect with us
Kapilvast Forest

हरेक शनिबार बुद्धभुमीमा निशुल्क आँखा शिविर

२०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,चन्द्रौटा  – कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकामा हरेक शनिबार निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।छन्द काले बाबु आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोग र नगरपालिकाको समन्वयमा हरेक शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म निशुल्क आँखा उपचार संचालन हुने नगरपालिकाका प्रवक्ता पवन कुमार चौधरीले जानकारी दिनुभयो ।

आखाँ उपचारका लागि मंहगो खर्चेर ठूला सहर धाउनुपर्ने बाध्यता हटेको सुनाउँदै नगर परिसरमै स्वास्थ्य उपचारका शिविर सञ्चालनमा ल्याएको हुँदा नगरवासिहरुलाइ उपचारमा सहयोग पुग्ने बताउनु भयो ।  आँखा   सम्बन्धी समस्या भएका नगरवासिलाई उपचारका लागि आउन नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आग्रह भएको छ ।साथै आखा जाचका गरेपछि अप्रेशन गर्नुपरे नगरपालिकाले निुशल्क अप्रेशन गर्ने समेत ब्यवस्था मिलाएको मेयर श्रेष्ठले बताउनु भयो ।
आगामी सनिवार अर्थात भोलि देखि नगरपालिकाको समन्वयमा आखाँ स्वास्थ्य शिविर संचालन गर्न जुटेको छन्द काले बाबु आँखा अस्पताल बहादुरगंजका प्रमुख प्रशासकिय अधिकृत जस राज विश्वकर्माले जानकार्री दिनु भयो शिविरमा मोतीबिन्दु, मासु पलाएकोलगायत आँखासम्बन्धि उपचारहरु निःशुल्क प्रदान गरिने उहाँले बताउनु भयो
नगरपालिकाले प्रत्येक शनिबार नगरपालिकाको कार्यालय परिसरमै निशुल्क आँखा जाचको ब्यवस्था मिलाएपछि नगरबासी खुशी भएका छन ।
हरेक नगरपालिकाको कार्यालय परिसरमै आखा जाचको ब्यवस्था मिलाइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu