Connect with us
Kapilvast Forest

चार जनाकाे मृत्यु पछि राउटे समुदायले परिवर्तन गरे बासस्थान

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

 

सल्यान-सल्यानको कालीमाटी ५ काल्चे च्युरीमा बस्दै आएका राउटे समुदायले आफ्नो बासस्थान सारेका छन् । सल्यान छोडेको १० वर्ष पछि असार ८ गते सल्यान फर्किएकाे उक्त समुदायमा चार जनाको निधन भएपछि सुर्खेतमा पुगेका छन् । गुर्भाकोट नगरपालिका–१ सीमसार भन्ने ठाउँमा पुगेका छन् । गत बुधबार सात वर्षीया डवी शाहीको मुत्यु भएपछि उक्त स्थान छाडिएको हो ।

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई वर्षीया मयो शाही, ३४ वर्षीय दलबहादुर शाही र २१ वर्षीय मानसिंह शाहीको एक हप्ताको फरकमा ज्यान गएको हो । मुखिया वीरबहादुर शाहीका अनुसार डवी शाहीको मुत्यु भएपछि बसाईंसराई गरिएको हो । सामान्य अवस्थामा रहेका शाहीको मृत्यु भएपछि बसाईंसराई गरिएको बुझिएको हो ।

सल्यान कालीमाटी काच्चे च्युरीवाट बसाई सराई गरेका राउटे समुदाय केही दिन सल्यान सुर्खेत सिमानामा रहेको गुर्भाकोट नगरपालिका–१ सीमसारमै रहने बुझिएको छ । बालिकाको मृत्यु भएपछि उनीहरु कम्तीमा १२ दिन यही बस्ने र त्यसपछि कहाँ जाने टुङ्गो लागेको छैन । बस्ती सीमसारमा बसे पनि सबै सामान बोटेचौर–सल्यान–तुल्सीपुर सडक खण्डको सुर्खेतस्थित गैरीबजारमा राखेका छन् । उनीहरु जाजरकोट वा सुर्खेतको बड्डीचौरतर्फ जाने भन्नेबारे केही खुलाएका छैनन् ।

सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंसहित स्वास्थ्यकर्मीको टोली उपचारका लागि राउटे वस्तीमा पुग्नुभएको छ । दुई वर्षअघि १५६ जना रहेका राउटे समुदायको संख्या अहिले १४१ मा झरेको छ । कालिमाटी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले राउटेलाई सुरक्षित तवरले बसोबास मिलाइए पनि एक वालिकाको मुत्युपछि सल्यान सुर्खेत सिमानामा पुगेको खबर आएको बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu