Connect with us
Kapilvast Forest

उज्ज्वल भविष्यको रोजाई एकीकृत समाजवादी :सांसद चौधरी

२०७८, ८ भाद्र मंगलवारमा प्रकाशित

दाङ- नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को भविष्य उज्ज्वल रहेको सो पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताउनुभएको छ ।उज्वल भविष्य देख्नेहरुले उक्त पार्टी रोज्नुअपरिहार्य भएको बताउनुभयो ‘हामीसँग माधव नेपाल, झलनाथ खनाल र बामदेव कमरेड पनि हुनुहुन्छ’, उहाँले भन्नुभयो ‘चार नेतामध्ये उतातिर केपी ओली मात्रै हो, हाम्रो भविष्य उज्ज्वल छ,’ सोमबार दाङको देउखुरीमा आयोजित पार्टीको दाङ निर्वाचन क्षेत्र नं। १ को भेलामा चौधरीले भन्नुभयो ।

उहाँले अबको निर्वाचनमा अन्य पार्टीसँग कार्यगत एकता गरेर जाने गरी सम्झौता भएको समेत बताउनुभयो । ‘हामीले सकेसम्म विचार मिल्ने राजनीतिक दलहरुबीच एकता गर्ने, यदि त्यो भएन भनेपनि चुनाबी गठबन्धन गर्ने सहमति भएको छ’, उहाँले भन्नुु भयो ।

प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीले भूमिहीनलाई निःशुल्क जग्गा दिने सरकारको नीति भएको भन्दै जग्गा पाउने कुरामा ढुक्क हुन आग्रह समेत गनुृ भयो ।अर्को प्रसंगमा चौधरीले लुम्बिनी प्रदेशको राजधानी दाङमा ल्याउन लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलको मात्रै भूमिका नभएको बताउनुभयो । एमाले नेता शंकर पोखरेलले बेलझुण्डीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी लैजान चाहेको भन्दै उहाँले आफूहरुको जोडबलमा बीचमा भालुवाङ पर्ने भएकाले नै भालुवाङमा राजधानी तोकिएको दाबी गर्नु भयो ।

प्रदेशको स्थायी राजधानी तोकिएपछि देउखुरीबाट पोखरेलले चुनाव लड्ने चर्चा दाङमा चलिरहेको बेला चौधरीले यो क्षेत्रबाट पोखरेलले एक हजार भोट पनि नपाउने दाबी गर्नु भयो । ‘शंकर पोखरेल यो क्षेत्रमा आए भने एक हजार भोट पनि कटाउन सक्दैनन्,’ उहाँले भन्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu