Connect with us
Kapilvast Forest

वाइसिएल नेपालले राष्ट्रिय भेला भर्चुअल विधिबाट हुने

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु –माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले राष्ट्रिय भेला भर्चुअल विधिबाट हुने भएको छ । आउँदो भदौ १२ र १३ गते हुने वाइसिएलको राष्ट्रिय भेला भर्चुअल विधिबाट हुने भएको हो ।

कोरोना संक्रमणको जोखिम भएकाले जिल्ला प्रशासनले भौतिक उपस्थितमा भेला वा सभा सम्मेलन गर्न रोक लगाएकाले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्न लागिएको वाइसिएल नेपालका प्रवक्ता पुष्प ओलीले जानकारी दिनुभयो ।

भेलामा केन्द्र र सात प्रदेशबाट नेता तथा प्रतिनिधि गरी ६४७ जना सहभागी हुनेछन् । भेलाले वाइसिएलको नयाँ नेतृत्व चयन गर्ने छ । वाइसिएलका वर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा लाई पार्टीले वाइसिएलको र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएकाले उनीबाहेकले अब वाइसिएलको नेतृत्व गर्नेछन् । हालसम्म अध्यक्ष चार जना दाबेदार छन् । वाइसिएलका वर्तमान उपाध्यक्षहरु सुमन देवकोटा, यशोदा न्यौपाने र सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली अध्यक्षका दाबेदार हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu