Connect with us
Kapilvast Forest

शिवराजका ५२ सामुदायिक विद्यालयमा वर्क बुक वितरण

२०७८, ११ भाद्र शुक्रबारमा प्रकाशित

नवराज पौडेल  , कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिकाका ५२ वटा सामुदायिक विद्यालयमा वर्क बुक वितरण गरिएको छ । डिफ्याट, अष्ट्रेलियाको सहयोग, शिक्षा शाखा शिवराज नगरपालिका को समन्वय तथा रिड नेपालको सहकार्यमा कक्षा १ देखी ५ सम्मका नौ हजार दुई सय बयानब्ने जना बालबालिका लाई वर्क बुक वितरण गरिएको हो ।

नगर भित्र रहेका ६३ विद्यालय मध्ये ११ वटा मदरसा बाहेकका ५२ सामुदायिक विद्यालयमा वर्कबुक वितरण गरिएको एजुकेशन अफिसर चन्दु बोहोराले जानकारी दिनु भएको छ ।

शैक्षिककार्यक्रलाई वैकल्पिक तरिकाले सञ्चालन गरी परियोजना क्षेत्र भित्र र बाहिरका कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई लैङ्गिक मैत्री दुरशिक्षा रेडियो कार्यक्रमबाट सिकाईका लागी कपिलवस्तुको शिवराज नगरपालिका पांच चन्द्रौटामा रहेको रेडियो समानता १०५ थोप्लो ४ मेघाहर्ज बाट साताको आईतबार देखी विहीबार सम्म बेलुका ४ ः३० देखी सांझ ६ः ३० सम्म रेडियो बाट सिकाई कार्यक्रम संचालन भइरहेको छ ।

विद्यार्थीलाई कार्यक्रम सुन्दै पढ्नका लागी रिड नेपालले विद्यालयहरुमा १८७ रेडियो सेट वितरण गरेको र ११ वटा विद्यालयमा प्रि टेस्ट, बेस लाइन सर्बे भईरहको बाहोराले बताउनु भयो । साथै किक अप मिटिङ, समापन भएको र ११ वटै विद्यालयमा २१ जनाको दरले बालक्लव गठनका लागी विद्यार्थी छनोट गरिएको उहाले बताउनु भयो ।

यता कोरोनाका कारण विद्यालय बन्द रहेको समयमा रिड नेपाल को रेडियो बाट सिकाई कार्यक्रम विद्यार्थीका लागी प्रभावकारी रहेको समयथान मा.वि का प्र.अ गिरी प्रसाद गैरेले बताउनु भयो । हाल कक्षा ५ सम्मका ९२९२ जना विद्यार्थीहरुलाई वर्कबुक वितरण गरि सकेको र कक्षा ६ देखी ८ सम्मका विद्यार्थीलाई समेत वर्क सिट वितरण गर्ने कार्य जारी रहको कार्यक्रम फोकल प्रसन नवराज पौडेलले जानकारी दिनुभयो । वर्कबुक वितरण गरिएका ११ वटा माध्यकमिक विद्यालयमा २२ जना शिक्षकलाई फोकल पर्सन तोकिएकाले शिक्षण सिकाई थप प्रभावकारी बनेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu