Connect with us
Kapilvast Forest

५२ संस्थाको नेतृत्वमा प्रधानमन्त्री, कुनैको २४ वर्षदेखि बैठक छैन

२०७८, १३ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देृवाले डेढ महिनादेखि १७ मन्त्रालयको भारी बोकिरहनु भएको छ । एक्लो व्यक्तिले सिंगो सिंहदरबारलाई काँध थाप्नुपर्दा मन्त्रालय अस्तव्यस्त बनेका छन् । प्रधानमन्त्रीको व्यस्तताले कतिपय नीनिगत निर्णय नै अड्किनु भएको छ ।

यो त मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा आइपरेको बोझ भयो । तर, गणतन्त्रका कार्यकारी प्रधानमन्त्रीले हिजोका आलंकारिक राजामहाराजाले झैं विभिन्न संस्थाको नेतृत्व ओगट्न छोड्नु भएको छैन । जब कि ती संस्था कति छन् स्वयं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग नै प्रष्ट हिसाब छैन, काम प्रगतिको हिसाब त टाढाको विषय ।

प्रधानमन्त्रीको कार्यालयमा हाल उपलब्ध सूचीअनुसार मन्त्रिपरिषद्सहित प्रधानमन्त्रीले ५२ निकायको नेतृत्व गर्नु भएको छ । विभिन्न् परिषद्, विश्वविद्यालय, प्रतिष्ठा, कोष, आयोग, बोर्ड र समितिमा प्रधानमन्त्री अध्यक्ष, कुलपति वा संरक्षक हुनुन्छ । यीमध्ये २८ निकायको अध्यक्षता, १५ निकायको कुलपति हुनुन्छ भने नौ निकायमा प्रमुख संरक्षक वा संरक्षक हुनुन्छ ।

तर, प्रधानमन्त्रीले समय दिन नसक्दा केही संस्था वषौँदेखि बेवारिसे छन् । प्रधानमन्त्रीको अध्यक्षता रहने राष्ट्रिय जलस्रोत परिषद्को २४ वर्षयता एउटा पनि बैठक बसेको छैन । ०४९ मा गठन भएको परिषद्को तेस्रो बैठक ०५४ मा बसेको थियो । त्यसपछि परिषद् अस्तित्वमा छ , छैन ऊर्जा, जल स्रोत तथा सिचाँइ मन्त्रालयलाई नै थाहा छैन ।

नयाँ पत्रिका

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu