Connect with us
Kapilvast Forest

केपी ओली ठीक भएको भए हामी अहिले एमालेमै हुन्थ्यौं:डा. वेदुराम भुसाल

२०७८, १३ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं -नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता डा। वेदुराम भुसालले अब एमाले अध्यक्ष केपी ओलीको औचित्य सकिएको टिप्पणी गर्नु भएको छ । एकीकृत समाजवादी पार्टी आफ्नो लक्ष्यमा अघि बढिसकेकाले कसैको धाक धम्कीबाट विचलित नहुने उहाँले स्पष्ट पार्नु भयो ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता डा। भुसालले भन्नु भयो , “अब केपी ओलीको औचित्य सकिइसकेको छ । निर्वाचन आयोग, अदालत जता गए पनि केही फरक पर्दैन । माधव नेपालको औचित्य छैन भने किन चिन्ता गरेको केपी ओलीले गाली गर्नबाहेक के जान्नुभएको छ केपीले सही कुरा कहिले गर्नुभएको छ उहाँ ठीक भएको भए हामी अहिले एमालेमै हुन्थ्यौं । उहाँले एमालेलाई जनविरोधी बनाउँदै समाप्त गरेको हेर्न नसकेर अर्को पार्टी गठन गरेका हौं ।”

डा। भुसालले एमाले विभाजनको निर्णयकर्ता ओली नै भएको र २०७७ फागुन २८ गतेको निर्णय बदर गर्न वार्तामा पठाएका आफ्नै १० जना साथीहरुले त्यसैलाई सदर गरेर धोका दिएको पनि बताउनु भयो । उहाँले भन्नु भयो , “हाम्रै साथीहरुले मुद्दा छाडेर प्रतिगमन र राष्ट्रघातको पक्ष लिनु भयो । ओलीसँग आत्मसमर्पण गर्नु भएको छ । हिजो ओलीलाई प्रतिगमनकारी, राष्टघाती र लोकतन्त्र विरोधी भन्नुहुन्थ्यो, आज के भन्नुहुन्छ रु हिजो प्रदेश प्रदेशमा कमिटी बनाउने उहाँहरु नै होइन रु”
उहाँले जिल्ला जिल्लामा कमिटी बन्ने र कार्यालय खुलेका र निकट भविष्यमै राष्ट्रिय सम्मेलन गरिने पनि जानकारी दिनु भयो । साथै उहाँले आफ्नो पार्टीमा नआए वाग्मती र प्रदेश १ का मुख्यमन्त्रीलाई समर्थन नहुने पनि स्पष्ट पार्नु भयो । उहाँले भन्नसु भयो , “हाम्रो पार्टीमा नरहँदा उहाँहरुलाई किन समर्थन गर्ने रु उहाँहरु कसैलाई पनि माधव नेपालको समर्थन रहँदैन । साथमा भए हुन्छ, नभए हुन्न ।”

उहाँले सरकारमा पार्टीको नेतृत्व गरेर जाने इच्छा नभएको र मन्त्री आफ्नो प्राथमिकता नभएको पनि बताउनु भयो । उहाँले भन्नु भयो “हामीले पाँच मन्त्रालय पाउने मोटामोटी सहमति छ । मन्त्रालयको टुंगो लागेपछि मन्त्री टुंगो लाग्छ । मन्त्री छान्न कुनै गाह्रो छैन ।”

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu