Connect with us
Kapilvast Forest

नेपाली काग्रेसको चुनावी सरगर्मी बढ्यो, शिवराजको सभापति को ?

२०७८, १५ भाद्र मंगलवारमा प्रकाशित

 माधव बेल्बासे,चन्द्रौटा कपिलवस्तु- नेपाली काग्रेसको चौधौ महाधिवेशनको सरगर्मी बढेको छ । भदै १७ गते वडा ,भदै २७ गते नगर हुदै केन्द्रको समेत अधिवेशनको मिति तोकिएको छ । नेपाली काग्रेसका कृयशिल सदस्यहरुको नामावाली प्रकाशित भएपछि अहिले नेताहरु कार्यक्रता भेटघाटमा व्यस्त छन् ।
कपिलवस्तुको शिवराज नगरसमितिको सभापतिको आकाक्षिहरु अहिले वडाका प्रतिनिधिहरु सँग भेटघाटलाई तिव्रता दिएका छन्। नगरसमितिको सभापतिमा बलियो उम्मेदवारको रुपमा मधु पोखरेललाई हेरिएको छ ।
गत अधिवेशनमा कोषाध्यक्ष पद जितेर कार्यवाहक अध्यक्षको भुमिका पाएका पोख्रेललाई नगरसभापति बनाउनुपर्ने भन्दै प्रभावसालि नेताहरु पनि लागि परेका छन् । शिवराज नगरपालिका वडा ५ निवासी पोख्रेल मिलनसार र क्षमतावान रहेको पनि विश्लेसण छ ।
शिवराज नगरपालिका ३ भितिरिया निवासी राजु खराल नगरको सभापति आकाक्षि रहेको बुझिएको छ ।लामो समय पत्रकारितामा सकृय खराललाई सभापति बनाउने योजना युवा जमातको छ ।
काग्रेस पार्टी संचालन गर्न युवा आवश्यक रहने भन्दै खराललाई अघि सारेको बताइएको छ । त्यस्तै अर्का आकाक्षि करम हुसेन रहेका छन् । लामो समय देखि नेपाली काग्रेसको राजनिति गरेका हुसेन सभापतिका बलिया दाबेदार हुन । शिक्षाप्रमि तथा सफल व्यवसायिको रुपमा रहेका हुसेन सभापति बन्नुपर्ने भन्दै उनको समर्थकहरु लागि परेका छन् । त्यस्तै मेगराज रेग्मि,केशव पाण्डे लगाएतको नाम पनि चर्चामा रहेको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu