Connect with us
Kapilvast Forest

महाराजगंजमा २ दिने पालिका स्तरिय स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा गोष्ठी शुरु

२०७८, १७ भाद्र बिहीबारमा प्रकाशित

 

बृजेश यादव

कपिलबस्तु भाद्र १७

कपिलबस्तुको महाराजगंज नगरपालिकामा स्वास्थ्य संस्थाहरुको पालिका स्तरिया बार्षिक समिक्षा गोष्ठी शुरु भएको छ ।

कार्यक्रममा महाराजगंज नगरपालिकाका नगर  प्रमुख अब्दुल कलामले नगरवासीलाई अधिकतम सेवा दिने काममा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभएको छ । उहाँले नगरवासीका गुनासो नआउने गरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।

नगरप्रमुख कलाम भन्नुभयो –‘सकेसम्म छिटो र छरितो ढंगले नगरवासीको काम होस् भन्ने कुरामा सबैले जोड दिनुपर्छ ।’उहाँले कोरोना संक्रमणका कारण सोचेजति काम गर्न नसकिए पनि नगरपालिकामा धेरै काम गरेको दाबी गर्नुभयो नगरपालिकाले ३ ठाउँमा आईशोलेशन सेन्टर स्थापना गरि नगरवासीलाई सेवा उपलब्ध गराईएको बताउनु भयो । नगरवासीहरुलाई सुलभ तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यका साथ २ वटा एम्बुलेन्स खरिद गरिए सञ्चालन गरिएको नगर प्रमुख कलामले बताउनु भयो ।

महाराजगंज नगरपालिका अर्न्तग रहेका ११ वटा स्वास्थ्य संस्थाहरुको आर्थिक बर्ष २०७५:७६ देखी २०७७:७८ सम्माको प्रगति प्रतिवेदन पेश गर्ने उद्देश्यको साथ कार्यक्रम आयोजना गरिएको  महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।यो कार्यक्रम नियमित रहेको संयोजन न्यौपानेले बताउनु भयो ।

स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराईएको सबै प्रकारको सेवाहरु बारे बिस्तृत छलफल गरिएको नगरपालिकाले जनाएको छ ।

महाराजगंज नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य संस्थाहरुको पालिका स्तरिया समिक्षा कार्यक्रम महाराजगंज नगरपालिकाको नगरप्रमुख अब्दुल कलामको अध्यक्षता नगर उप-प्रमुख शुभावती कुर्मीको प्रमुख अतिथ्यता,उप-सचिव शिक्षा शाखा प्रमुख रेश्मीराज आर्यालको बिशिष्ट अतिथ्यता प्रशासन शाखा प्रमुख निरञ्जन कुमार पौडेलको अतिथ्यता,नगर स्वास्थ्य संयोजक ईश्वरी प्रसाद न्यौपानेको स्वागत मनतब्यमा सञ्चालन भएको समिक्षा गोष्ठी कार्यक्रमको नगर स्वास्थ्य सह-संयोजक राधेश्याम जयसवालको संचालनमा कार्यक्रम शुरु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu