Connect with us
Kapilvast Forest

एमसीसी अनुमोदन गराउन संसद्

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्न चासो बढाइरहेको पृष्ठभूमिमा सरकारले संघीय संसद्को बैठक बोलाएको छ र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक भदौ २३ गते अपरान्ह ४ बजे बस्ने गरी बोलाउनु भएको हो ।

एमसीसी सम्झौता भएको ४ वर्ष पुग्ने दिन भदौ २९ भित्रै अनुमोदन गराउन अधिवेशन बोलाइएको सरकारी अधिकारीहरुले बताउनु भएको छ । सरकारले पारित गराउनुपर्ने १५ अध्यादेश पनि छन्, सबैभन्दा महत्वपूर्ण बजेट अध्यादेश नै पारित हुन बाँकी छ ।

बजेटसहितका अध्यादेशमा छलफल गराउने भनिए पनि सरकारको मुख्य चासो एमसीसीमै छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सदनमा रोकिएका अध्यादेश र खासगरी बजेटको विषय संसदको मुख्य एजेन्डा रहेको बताउनु भयो ।

संसद्मा १५ अध्यादेश छन् । समितिमा छलफल भइरहेका अरु विधेयक पनि छन् । तिनलाई सहमतिका आधारमा अघि बढाउनुपर्नेछ, उहाँले भन्नु भयो , अबको प्रतिनिधिसभा बैठकलाई प्रशसस्त बिजनेस दिने तयारीम सरकार छ ।

नेता माधवकुमार नेपालले छुट्टै दलको हैसियत नपाउँदासम्म संसदमा सरकारलाइर्ए बहुमत पुग्ने निश्चित थिएन । त्यसैकारण चलिरहेको बजेट अधिवेशन गत साउन २३ मा हठात् अन्त्य गरेर प्रधानमन्त्री देउवाले दल विभाजन सहज हुने अध्यादेश ल्याएका ल्याउनु भएको थियो। त्यसैका आधारमा एमाले वैधानिक रुपमा विभाजित भएको छ । अब भने सरकारको ध्यान एमसीसीतर्फ सोझिएको छ । कान्तिपुर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu