Connect with us
Kapilvast Forest

फिलिपिन्सले नेपालसहित १० एशियाली मुलुकबाट यात्रामा लगाएको प्रतिबन्ध हटाउने

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

काठमाडौं-अत्यधिक सङ्क्रामक डेल्टा भेरिएन्टका कारण कोभिड–१९ सङ्क्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभएपनि खोपका कारण सङ्क्रमणको भयाबह नभएको निश्कर्षसाथ सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल, संयुक्त अरब इमिरेट्स ९यूएई०, ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा अहिले कोभिड–१९ को यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गर्नुभएको छ ।

एशियाली यी सबै देशहरूबाट आउने फिलिपिन्स आउने यात्रुहरूका लागि फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले शनिबार बताउनुभयो ।

रोकले भन्नुभयो, “भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ ।”

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा बहाकहरूबाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ ।

डेल्टा भेरिएन्टको स्थानीय सङ्क्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ । यहाँ एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले अझैपनि डेल्टा भेरिएन्टको समुदायमा रहेको सङ्क्रमणलाई पुष्टि गर्दै भनेको छ, “यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख कोभिड–१९ को समस्या हो ।

फिलिपिन्सले भारतलगायतका यी मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो । अहिले फिलिपिन्समा बढ्दो कोभिड–१९ सङ्क्रमणमध्ये डेल्टा भेरिएन्ट प्रमुख चुनौति देखिएको छ । दक्षिणपूर्वी एसियाली यस मुलुकमा शुक्रबारसम्म कुल बीस लाख ४५ हजार ५६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३३ हजार ८७३ जनाको मृत्यु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu