Connect with us
Kapilvast Forest

महाराजगंजमा बिभिन्न किसिमको जनस्वास्थ्य अभियान संचालन

२०७८, २३ भाद्र बुधबारमा प्रकाशित

बृजेश यादव-कपिलबस्तु-कपिलबस्तुको महाराजगंज नगरपालिकाले कोरोना भाईरस सम्बन्धी बिभिन्न प्रकारको कार्यक्रम संचालन गर्दै आएको छ । महाराजगंज नगरपालिकाले हाल कोभिड-१९ सम्बन्धी समुदाय स्तरिय जनस्वास्थ्य अभियान संचालन गरेको छ ।

नगरवासीहरुको स्वास्थ्यलाई मध्यनजर गरि नगरपालिकाले सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको नगरप्रमुख अब्दुल कलामले बताउनु भयो ।कोरोना महामारी तिब्र रुपमा फैलिएको बेला नगरपालिकाको ३ ठाउँमा अक्सिजन सहितको आईशोलेशन सेन्टर स्थापना गरि नगरवासीहरुलाई सेवा उपलब्ध गराईएको प्रमुख कलामले बताउनु भयो । उहाँले भन्नुले :नगरवासीको सेवा गर्नु नै मेरो धर्म हो म जनताको प्रतिनिधी हो त्यसैले नगरवासीहरुलाई सुलभ तरिकाले सेवा उपलब्ध गराउन नगरपालिकाले दुई थान नया एमबुलेन्स खरिद गरि संचालन गरेको  र यस संगै नगरपालिका भित्र ४ थान एम्बुलेन्स संचालनमा रहेको नगर प्रमुख अब्दुल कलाम बताउनु भयो ।

महाराजगंज नगरपालिकाको महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्र,कुशहवा स्वास्थ्य चौकी,भलवारी स्वास्थ्य चौकी,हर्दौना स्वास्थ्य चौकी,शिसवा स्वास्थ्य चौकी गरि ५ वटा स्वास्थ्य संस्थाहरुमा बर्थिङसेन्टर संचालन रहेको तथा चालु आ.ब मा कजरहवा स्वास्थ्य चौकी,बलरमवापुर स्वास्थ्य चौकी तथा बरईपुर स्वास्थ्य चौकी गरि ३ वटा स्वास्थ्य संस्थामा समेत बर्थिङ सेन्टर संचालन गर्ने उद्देश्यको साथ कार्य गरि रहेको  नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।

स्वास्थ्य जिवनको आधार,महाराजगंजको सरोकार भन्ने मुल नाराको साथ महाराजगंज नगरपालिकाले स्वास्थ्य सम्बन्धी बिभिन्न प्रकार लोक प्रिय कार्यक्रमहरु संचालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।नगरपालिकाले मधुमेह र सुगरका बिरामीहरुको लागि नि:शुल्क औषधी बितरण गर्ने कार्यक्रमको शुरुवात भई सकेको तथा नगरपालिका भित्र रहेको गर्भावती महिलाहरुको लागि महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्रमा  नि:शुल्क अल्ट्रासाउण्ड (USG) सेवाको शुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत खरेलले जानकारी दिनु भयो ।

महाराजगंज नगरपालिकामा ५ दिने कोभिड-१९ सम्बन्धी समुदाय स्तरिय जनस्वास्थ्य अभियान संचालन भएको छ । भदौ २३ गते देखी २७ गते सम्मा कार्यक्रम संचालन हुने महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।कोरोना भाईरस बाट बच्नको लागि स्वास्थ्य मापदण्ड पालना सम्बन्धी जनचेतनामुलक कार्यक्रम शिक्षक,स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविका,प्रहरी,जनप्रतिनिधीहरुको सहभागितामा टोल/टोलमा संचालन भएको संयोजक न्यौपानेले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu