Connect with us
Kapilvast Forest

सात दलीय गतबन्धनले कपिलवस्तुमा गर्‍यो एमसिसी विरुद्ध बिरोध प्रदर्सन

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

 कपिलवस्तु- मेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध विभिन्‍न ७ राजनीतिक दलहरुले कपिलवस्तुको तौलिहवामा संयुक्त आन्दोलन गरेका छन गरेका छन् ।

जिल्लाको सदरमुकाम तौलिहवामा  रास्ट्रघाती  मसिसी सम्झौता विरुद्ध प्रदर्शन भएको छ।गगन भेदी नारा लगाउँदै, तौलिहवा बजार परिक्रमा गरेर आज शुक्रबार तौलिवामा ७ दलले संयुक्त विरोध प्रर्दशन गरेका हुन ।भएको थियो।

 

नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (माले), नेकपा (क्रान्तिकारी माओवादी), बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले रास्ट्रघाती एमसिसि सम्झौता खारेज गर” भन्ने मुल नाराका साथ राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध कपिलवस्तुको तौलिहवामा बिरोध सभा गरेको छ ।

प्रदर्शनमा राष्ट्रिय जन मोर्चा अध्यक्ष ददीराम आचार्य ,राष्ट्रिय जन मोर्चा प्रतिनिधी शशी सापकोटा,राष्ट्रिय जन मोर्चा कपिलवस्तु जिल्ला अध्यक्ष ज्ञनीराम पुरी,नेकपा मालेका कपिलवस्तु जिल्ला संयोजक ओम नारायण चतुरवेदी नलगायतका नेताहरूको उपस्तिथिति रहेको थियो ।

बिरोध सभालाई सम्बोधन गर्दै विप्लव निकट नेकपा केन्द्रीय सदस्य तथा स्कुलिङ बिभाग प्रमुख भेषराज भुसालले एमसीसी राष्ट्रघाती भएकोले खारेजी गर्नुपर्ने बताउनु भयो । नेपालको राष्ट्रियता बेच्ने छुट कसैलाइ नरहेको बताउनु भयो ।

देश सङ्कटमा रहेको र राष्ट्रघातीहरूलाई सडकमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले अबको एमसीसीविरुद्ध सबै नागरिक आन्दोलनमा आउन अपिलसमेत गरे । एमसीसीका उपाध्यक्ष फतिमा सुमार एमसीसीको दलालहरूको घरघर, कोठाकोठा घुमि हिनेकोबाट नै प्रष्ट हुन्छ कि एमसीसी राष्ट्रघाती छ । अनुदान भए किन जबर्जस्ती भुसालले भन्नु भयो ।

उहाले अमेरिकी साम्राज्यवादले एमसिसी मार्फत चिनमाथी आक्रमण गर्ने र नेपालमा भएको बहुमुल्य धातु युरेनियम कब्जा गर्ने रणनीति लिएको समेत बताउनुभयो। नेता शितलले एमसिसी पास गर्ने सांसदहरुलाइ जनताले गाउगाउबाट लखेट्ने उद्घोष गर्दै ःएमसिसी खारेज नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिनु भयो ।

उक्त कार्यक्रममा बोल्दै वरिष्ठ मानव अधिकार कर्मी राम दयाल ठाकुरले पहिलेको कङ्ग्रेस गिरिजालाई सहयोग गरेको बताउदै अहिले अब कङ्ग्रेसलाई लगायत का एमसिसी परियोजना मा हस्ताक्षर गर्ने कुनै पनि पार्टीलाई सहयोग नगर्ने , एमसिसी परियोजना मा हस्ताक्षर गर्ने विरुद्ध जस्तो सुकै कदम चाल्ने बरु सहिद हुने तर गुलाम बनेर नबस्ने बताउदै आम नेपाली जनता, देशभक्त,युवा ,बिद्यार्थी,कर्मचारी,पत्रकार सबैलाई रास्ट्रघाती एमसिसी सम्झौता विरुद्धको कार्यक्रममा सहभागी बनी नेपाल आमाको इज्जत बचाउन सम्पुर्ण नेपालीलाई आग्रह गरे
कार्यक्रम सहजीकरण संचालनमा कमल र व्यापक रुपमा स्थानीय युवा, समाजसेवी , बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu