Connect with us
Kapilvast Forest

एमालेमा आउनेको लहर चलेकोले छ:केन्द्रीय सदस्य न्यौपाने

२०७८, २७ भाद्र आईतवारमा प्रकाशित

 

 

कपिलवस्तु – नेकपा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीधारीलाल न्यौपानेले एमालेमा आउनेको लहर चलेकोले पार्टीका निति र कार्यक्रम लिएर गाउँ गाउँका नागरिक समक्ष पुग्न सबै कार्यकर्तालाई आग्रह गर्नु भएको छ । आइतवार गोरुसिंगेमा बसेको पार्टीको जिल्ला कमिटिको ३० औं पुर्ण वैठकलाई सम्बोधन गर्दै नेता न्यौपानेले यस्तो बताउनु भएको हो । जनताको विश्वास एमाले प्रति भएकोले जनताका काममा दत्तचित्त भएर लाग्न र उनीहरुको समस्या बुझ्न लाग्नु पर्ने नेता न्यौपानेले बताउनु भयो ।

नेकपा एमालेले कसैलाई गाली नगर्ने, अनुशासन र विधिमा रहेर राष्ट्रको हितमा काम गर्ने उहाँले स्पष्ट पार्नु भयो । कार्यक्रममा बोल्दै पार्टी प्रदेश कमिटि सदस्य एवं प्रदेशका कार्यालय सचिव बलराम अधिकारीले बर्तमान अवस्थामा नेकपा एमाले झनै बलियो बन्दै गएको बताउनु भयो । नागरिकको एमाले प्रतिको विश्वासलाई आत्मसाथ गर्दै जनहितको काममा सदैव लाग्नु पर्ने जनाउनु भयो । सर्बहारा ,पछाडि परेको , राज्यको मुल प्रवाहमा आउन नसकेका समुदायलाई विभिन्न अवसर र हक हितको लागि एमालेले काम गर्दै आएकोले जनताले एमाले मन पराएको नेता अधिकारीले बताउनु भयो ।

कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष झविलाल पोखे«लले पार्टीले आगामी दिनमा गर्ने योजनाका बारेमा जानकारी गराउनु भएको थियो । नेकपा एमालेको आउदो कात्तिक ६ गते वडा कमिटिको भेला र ९ गते नगरकमिटिको भेला एकै साथ गरिने समेत उहाँले बताउनु भयो । पार्टीको मुल धारबाट बाटो बिराएका र पार्टीलाई गाली गलौज गर्ने सबैलाई माफी दिने भन्दै पार्टीको मुलधार एमालेमै फर्किन समेत उहाँले आग्रह गर्नु भएको छ । साथै थारु समुदायको पर्व बड्की आइतवारको अवसरमा सबैमा शुभकामना दिनु भएको छ ।

नेकपा एमाले २०७५ जेठ २ मा फर्किएपछिका जिम्मेवारी सम्हालिएअनुसार पार्टी अगाडि बढेको जनाइएको छ । पार्टी सचिव बाबुराम आचार्यको सञ्चालनमा भएको कार्यक्रममा क्षेत्र नं १का इन्चार्ज डम्मर शर्मा , क्षेत्र नं २ का इन्चार्ज बाबुराम खनाल , क्षेत्र नं ३ का इन्चार्ज सिबि गहतराजले क्षेत्रगत रुपमा रिर्पोटिङ गर्नु भएको थियो । जिल्ला नेता इन्द्रमणि पौडेलले वर्तमान समसामयिक विषयमा बोल्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu