Connect with us
Kapilvast Forest

एमसीसी कुनै हालतमा लागु हुन दिन्नौं : विप्लव

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कुनै हालतमा लागू हुन नदिने बताउनु भयो ।

सोमबार खुलामञ्चमा आयोजित विरोध सभामा पानीले भिन्दै सम्बोधन गरेका विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको र लागू हुन नदिने बताएको सुनाउनु भयो । उहाँले अघि भन्नु भयो , ‘यो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा छ ।’

 

अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको उहाँले बताउनु भयो । नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको विप्लवले बताउनु भयो ।

उहाँले अघि भन्नु भयो, ‘आज त हामी एउटा सानो झिल्को बोकेर काठमाडौंमा उत्रिएका छौं । यदि एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu