Connect with us
Kapilvast Forest

थप १ हजार ४ सय ८६ जनामा कोरोना पुष्टि

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं   – पछिल्लो २४ घण्टामा देशभर एक हजार चार सय ८६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार पाँच सय ३९ वटा नमुना परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज परीक्षण गरिएका नमुनामध्ये आठ दशमलव ९८ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या आठ लाख ६५ हजार तीन सय ४३ पुगेको छ

यस्तै थप एक हजार दुई सय ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४० हजार सात सय १७ पुगेको छ ।यही अवधिमा थप १० जनाले सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ६५ पुगेको छ ।

अहिले नेपालमा २६ हजार ६ सय ३० जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ७५ जनाको आईसीयू र एक सय ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

२४ घण्टामा ९१ हजार आठ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा ५८ लाख ३३ हजार ३८ जनाले पहिलो मात्रा र ५१ लाख ९८ हजार एक सय ९३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu