Connect with us
Kapilvast Forest

एसपी विनोद घिमिरेको रौतहटमा काज सरुवा

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

 

काठमाडौं – प्रहरी प्रधान कार्यालयलले एसपी विनोद घिमिरेलाई रौतहट प्रहरी प्रमुख बनाएर पठाएको छ ।पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागुऔषध राखिदिएर फसाउन खोजेको घटनामा मुछिएपछि एसपी सिद्धिविक्रम शाह काठमाडौं तानिनु भएको थियो । उहाँ काठमाडौं तानेपछि रौतहट प्रहरीको कमाण्ड डिएसपी नारायण चिमोरियाले सम्हाल्दै आउनु भएको थियो ।

अब भने प्रहरी प्रधान कार्यालयले एसपी घिमिरेलाई रौतहटमा काज सरुवा गरेको छ । घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत हुनुन्थ्यो ।रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।

तर अनुसन्धानको क्रममा घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर मोजुबुल्लाहको मोटरसाइकलमा लागूऔषध राखिदिएको पुष्टि भएको थियो । अर्का पत्रकार सञ्जय सहनीको मुख्य योजनामा यो घटना भएको प्रहरीको दाबी थियो । त्यसपछि प्रहरीले माफी माग्दै पत्रकार मोजुबुल्लाहलाई छाडिदिएको थियो ।

प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेको अडियो सार्वजनिक भएको थियो । त्यसअघि उहाँले ‘एक्लै हो भनेर पनि सहनीलाई प्रश्न गर्नु भएको छ । यो अडियो सार्वजनिक भएपछि एसपी शाह विवादमा मुछिनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu