Connect with us
Kapilvast Forest

राष्ट्रिय बाल दिवसको अवसरमा चन्द्रौटामा बहस कार्यक्रम सम्पन्न

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-“सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा दिवशको अवशरमा १० बुदे घोषणा पत्र जारी गरि बाल अधिकार – बालश्रम निवारणका लागि बहस मुलक कार्यक्रम सम्पन्न भएको छ ।

दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुको आयोजना तथा आशा सन्जाल र शिवराज बाल क्लबको समन्नयमा राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको अधिकार तथा बालश्रम न्युनिकरणका विषयमा बहस मुलक कार्यक्रम सम्पन्न भएको हो । व्यापार सघं कपिलवस्तुको सभा हलमा भएको कार्यक्रममा प्रमुख अतिथि शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले बालबालिका र संचारकर्मिले बालअधिकारका सवालमा उठाएका प्रश्नको जवाफ दिदै शिवराज नगरपालिका बालबालिकाको अधिकारका क्षेत्रमा सधैब लागेको बताउदै आफु नगर प्रमुखमा निर्वाचित भएको ४ वर्ष पुरा भएर ५ बर्षमा लाग्दै गर्दा बाल अधिकारको क्षेत्रमा र बाल श्रम न्युनिकरणमा धेरै प्रयास गरेको र आगमि दिनमा पनि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शिवराजका सम्पुर्ण बालबालिकालाई पुर्ण विद्यालय भर्ना अभियानमा शिवराज नगरपलिका लागेको पनि उँहाले बताउनु भयो ।

आफुले बालश्रमको अवस्था देखेको खन्डमा सम्झाई बुझाइै गर्ने र शिवारजको व्यापार व्यवसायमा अन्यत्रको तुलनामा बाल श्रमको अवस्था कमि भएको पनि नगर प्रमुख अधिकारीले बताउनु भयो ।

यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बालबालिकालाई हरेक तवरबाट अधिकार सम्पन्न राख्नुपर्ने बताउदै सुरक्षित रहन पढ्न लेख्न पाउने, सहभागिता हुन पाउने खालको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भयो । बालबालिका र समाजमा प्रहरी प्रतिको धारण सकारात्मक बनाउन विद्यालय–प्रहरी साझेदारी कार्यक्रम, लागुऔषध दुर्व्यसनी, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बालविवाह, बोक्सी आरोप, बालबालिकामा हुने दुर्व्यवहार जस्ता विषयमा सचेतनाका कार्यक्रम सञ्चालन गरेको पनि बताउनु भयो ।

आफुलाई समस्या परेमा प्रहरीमा उजुरी दर्ता गर्न गाह्रो हुने भन्ने बालबालिकाको प्रश्नमा प्रहरी उपरीक्षक कार्किले समस्यामा परेको खन्डमा पहरीलाई खबर गर्न र पडिामा परेको अवस्थामा पह्ररीले उचित छानबिन गरी नयाय दिलाउने हुदा उजुरी दर्ता गर्न समस्या नहुने बताउनु भयो ।

मानव अधिकार कर्मि अर्जुन थापाले विभिन्न सघं सस्थाहरु किर्डाक नेपाल, कान अधिकार निगरानी समिति, दियालो नेपाल लगायतले बालअधिकारको क्षेत्रमा काम गर्दै आईरहेको र समुदायमा बाल क्लबहरु गठन गरी बालबालिकका सकस्या र गुनासाहरुको सुनुवाई गर्दै आएको बताउनु भयो । बालअधिकारको क्षेत्रमा काम गर्दै आउदा अझै पनि धेरै बालबालिकाहरु बालअधिकारबाट बन्चित भईरहेको भन्दै इटा भट्टामा अझै पनि धेरै बालबालिकाहरु विभिन्न कारणले काम गर्न बाध्य भएको हुदा यसको न्युनिरणमा स्थानिय सरकार, विभिन्न सघं सस्थाहरु पनि लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा व्यापार सघं केन्द्रिय सदस्य महादेब पोख्रेलले विभिन्न क्षेत्रको व्यापार व्यवसायमा बालबालिकाको प्रयोगलाई अनुगमन गरी बाल श्रम न्युनिकरणमा सहयोग गर्ने बताउनु भयो । विभिन्न क्लबका बालबालिकाको प्रश्नमाथि जवाफ दिदै व्यापार सघं केन्द्रिय सदस्य पोख्रेलले व्यवसाय सन्चाल गर्ने क्रममा बालबालिकाको प्रयोग गर्दिन भन्ने प्रतिवद्धतका साथ सुरु गरे पनि विभिन्न कारण र काहनामा बाल शोषण भइरहेको हुदा आप्नो क्षेत्रबाट बाल श्रम न्युनिकरणमा प्रयास गर्ने बताउनु भयो ।

बहस कार्यक्रममा किर्डाक नेपालका कार्यक्रम संयोजक श्री भन्डारी, वाड प्रहरी कार्यालय चन्द्रौटामा प्रमुख, शिवराजका विभिन्न बाल क्लबका सदस्यहरु, विभिन्न सघं सस्थाका पदाधिकारीको सहभागिता रहेको कार्यक्रम दलित मानव अधिकार निगरानी समिति कपिलवसतुका अध्यक्ष मिना परीयारको अध्यक्षतमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu