Connect with us
Kapilvast Forest

बार्सिलोनाको पोष्टमा बायर्नको तीन गोल

२०७८, ३० भाद्र बुधबारमा प्रकाशित

एजेन्सी -थोमस मुलर र रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले बायर्न म्युनिखले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । समूह ई अन्तरगत दुई हेभिवेटबीचको खेलमा जर्मन क्लब ३–० ले विजयी भएको हो ।

खेलमा नियन्त्रण बनाएको बायर्नले खेलको ३४ औँ मिनेटमा मुलरको गोलको मद्दतले अग्रता लियो । बार्सिलोनाविरुद्ध उनको यो सातौँ गोल थियो । प्रतियोगितामा बार्सिलोनाविरुद्ध उनले सबैभन्दा धेरै गोल गरेका छन् ।

दोस्रो हाफमा लेवान्डोस्कीले दुई गोल थप्दै बायर्नलाई सहज जीत दिलाए । च्याम्पियन्स लिगमा उनको ७५ गोल पुगिसकेको छ ।उता स्टार खेलाडी लियोनेल मेस्सीले क्लब छाडेपछि पहिलो खेल खेलिरहेको बार्सिलोनाले विपक्षीको पोष्टमा एक पनि आक्रमण गर्न सकेन । काटालान टोलीले आफ्नो इतिहासमा पहिलोपटक युरोपियन प्रतियोगितामा लगातार तीनवटा खेल हारेको छ ।उता, समूह एचमा रहेको युभेन्टसले माल्मोलाई ३–० गोलले हरायो भने चेल्सीले जेनिथ सेन्ट पिटर्सबर्गमाथि १–० जीत हासिल गर्यो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,