Connect with us
Kapilvast Forest

रामेछापमा दुर्घटना, ३ जनाको मृत्यु

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

accident

काठमाडौँ– रामेछापमा बिहीबार एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै दुर्घटनामा परेको रामेछापका डीएसपी नवराज ढुंगानाले जानकारी दिनु भयो ।

उहाँका अनुसार मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहनु भएको छ ।

उहाँहरुको घटनास्थलमै मृत्यु भएको हो । यस्तै लाक्पाका ७ वर्षीया छोरा घाइते हुनु भएको छ । उहाँलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं रिफर गरिएको छ । एकजना प्रहरीको साथमा उनलाई काठमाडौँ पठाएको डीएसपी ढुंगानाले जानकारी दिनु भयो । उहाँका अनुसार मृतकका आफन्तहरुसँग सम्पर्कको प्रयास भइरहेको छ । तर, सम्पर्क हुन सकेको छैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu