Connect with us
Kapilvast Forest

नेपाली काङ्ग्रेसको विजयनगरको बृहत कार्यक्रता भेला सम्पन्न

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु-नेपाली काङ्ग्रेसले बृहत कार्यकर्ता भेला विजयनगर मा सम्पन्न गरेको छ । शुक्रबार पालिकाको सभा हलमा बृहत कार्यक्रता भेला सम्पन्न गरेको हो ।

कपिलवस्तु क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहाको विशेष उपस्थितिमा कार्यक्रम गरिएको हो । पार्टीको महाधिवेशन नजिकि रहेका बेला कार्यक्रताहरू बिच छलफल भएको छ । कार्यक्रता भेलामा सकृय नेताहरूले आफ्नो मन्तव्य राखेका थिए । नेपाली काङ्ग्रेसले गरेका कार्य तथा कार्यान्वयन का बारेमा बताएका थिए ।

कार्यक्रममा विपक्षी का विरूद्वमा अघि बढ्ने योजनाका बारेमा समेत छलफल भएको थियो । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ११७ जना युवाहरू नेपाली काङ्ग्रेसको भात्री संघठन नेपाल तरूण दलमा प्रवेश गरेका छन । सांसद अभिषेक प्रताप शाह द्वारा टीका ग्रहण गरि प्रवेश गरेका हुन ।

अनौपचारिक कार्यक्रममा सांसद अभिषेक प्रताप शाह,पुर्व पार्टी सभापति राजेश आचार्य, युवा नेता अजय थापा,महाधिवेशन प्रतिनिधि हुमाकान्त खनाल,नेपाल कृषि श्रमिक संघ केन्द्रीय अध्यक्ष बिमला गैरे, प्रेम बहादुर रायमाझी , बिशाल गुप्ता, सुशीला बेल्वासे,हरि पोखरेल,कृष्ण पौडेल,प्यार मोहमत मिया, बिनोद नेपाल,मुक्ति पोखरेल, लगाएत नेपाली काङ्ग्रेसका नेता तथा कार्यक्रताहरूको उपस्थिति रहेको थियो ।

नेपाल विद्यार्थी संघ, नेपाल तरूण दलको आयोजनामा १४ औ महाधिवेशन केन्द्रित छलफलमा कार्यकर्ता, समर्थकहरुको उपस्थिति रहेकोे बताइएको छ । कार्यक्रमको व्यवस्थापन नेपाल तरूण दल कपिलवस्तुका सचिव अमर पौडेल क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ क्षेत्र न ३ का क्षेत्रीय सभापति विश्वमणी घिमिरेले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu