Connect with us
Kapilvast Forest

कांग्रेस शिवराज नगर सभापतिमा पोख्रेलको पुनः दाबी

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

कपिलवस्तु – आसन्न महाधिवेशनको नगरको निर्वाचन मिति नजिकिदै  नेपाली काङ्ग्रेस शिवराज नगर समितिको निर्वाचनमा कार्यवाहक अध्यक्ष मधु पोख्रेलले सभापति पदमा आफ्नो दाबेदारी घोषणा गर्नु भएको छ ।

आज संचारक्रमी संग संक्षिप्त्त कुराकानी गर्दै कार्यवाहक नगर सभापति पोख्रेलले  सभापति पदमा आफ्नो दाबेदारी घोषणा गर्नु भएको हो ।आसन्न महाधिवेशन नजिकिँदै गर्दा भावी नेतृत्वको विषयलाई लिएर कुराकानी गर्दै उहाले भन्नु भयो पार्टिका नेताहरु आफुप्रति तथा सकरात्कम रहेको भन्दै आफनो जित पनि शुनिश्चित रहेको दावि समेत गर्नु भयो

असोज ९ गते हुने निर्वाचनमा सभापति पदमा आफुलाइ सहयोग गरि सर्वसम्मत निर्वाचित गर्न सम्बन्धित मतदाता सबैमा पोख्रेलले अनुरोध गर्नु भएको छ ।एक कार्यकाल आफुले कार्यवाहक सभापतिका रुपमा काम गरि पार्टी संचालन गरेको अनुभव रहेका कारण पनि पोख्रेलले सभापतिमा आफ्नो दाबी गर्नु भएको हो हुन ।पार्टी कार्यकर्ता र शुभचिन्तकको सल्लाह अनुसार आफुले सभापती पदमा दाबी गरेको उहाँले जानकारी गराउनु भयो ।

। पोख्रेलले पार्टीको झन्डालाई उचाईमा पुर्याउनुका साथै आफ्नै नेतृत्वमा शिवराज नगर भित्र कांग्रेसलाई नगरकै ठूलो पार्टी बनाउनुका साथै नगरमा कांग्रेसलाई एकतामा जोडे लैजान पुन एक पटक आफैँले नेतृत्व को दावि गर्न आवश्यक रहेको बताउनु भयो ।सामाजिक र राजनिति क्षेत्रमा आफ्नो छुट्टै पहीचान बनाउन सफल शिवराज नगरका नेपाली कांग्रेश कार्यवाहक सभापति मधु पोख्रेलले सभापति पदमा आफ्नो दाबेदारी घोषणा गुर्नु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu