Connect with us
Kapilvast Forest

चेन्नइ आईपीएलको शीर्ष स्थानमा

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

काठमाडौँ- चेन्नइ सुपर किङ्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।शारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नइले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नइले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।चेन्नइको जितमा रुतुराज गायकवाडले सर्वाधिक ३८ रन जोडे । यस्तै अम्बाती रायाडुले ३२ रन, फाप डु प्लेसिसले ३१ रन जोड्दा मोइन अलीले २३ रन बनाए । सुरेश रैना १७ र कप्तान महेन्द्र सिंह धोनी ११ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।बैंगलोरका लागि देवदत्त पडिकलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । पनि टिमको हार टार्न सकेनन् । यस्तै कप्तान विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। एबी डी भिलियर्सले १२ रन जोड्दा ग्लेन म्याक्सवेलले ११ रन बनाए ।जितसँगै चेन्नइको ९ खेलमा १४ अंक भएको छ । बैंगलोर ९ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu