Connect with us
Kapilvast Forest

देउवाको गृह जिल्ला डडेल्धुरामा पौडेल समूह र देउवा समूहविच झडप

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यताको विषयमा झडप भएको छ । झडपमावरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेतालाई कालोझण्डा देखाइएको छ । डडेल्धुरामा क्रियाशील सदस्यताको विषयमा विवाद छ । सभापति देउवाले एकलौटी ढंगले भदौ २५ गते वडा तहको अधिवेशन सम्पन्न गरिसकेका छन् ।

संस्थापन इतर समूहले भने उक्त अधिवेशन अस्वीकार गरेको छ । जिल्ला सभापति कर्ण मल्ललगायतले अधिवेशन बहिष्कार गरेका थिए । इतर समूहले पुनःवडा तहको अधिवेशन माग राखेर ११ दिनदेखि रिले अनशन गरेको थियो । आज नेताहरु अर्जुननरसिंह केसी र शेखर कोइराला र गुरूराज घिमिरेलगायतका नेताको अनशन भने स्थगित भएको छ । तर, दशैँपछि पुनः धर्नालाई निरन्तरता दिने भनिएको छ । उपस्थितिमा दसैंसम्मका लागि अनसन स्थगित गरिएको छ।

देउवा समूहका नेता कार्यकर्ताले कालो झण्डा देखाएपछि डा। कोइरालाले कालो झण्डा देखाउनेसँग कांग्रेस नडराउने बताए । उनले नेतृत्वको कारण अहिले कांग्रेसका आन्तरिक लोकतन्त्र नभएको अवस्थामा पुगेको पनि बताउनु भयो ।

‘साथीहरुले कालो झण्डा देखाउनु भयो । कालो झण्डासँग कांग्रेसका नेता कार्यकर्ता डराउँदैनन्,’ डडेल्धुराकै टुँडिखेलमा गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएको घटना स्मरण गर्दै उहाँले भन्नु भयो , ‘उहाँ (गिरिजां) तर्सनु भएको थिएन । उहाँ भाग्नु भएन । कांग्रेस लोकतान्त्रिक पार्टी भएकोलेले कालो झन्डा देखाउनेहरूलाई हामीले स्वागत गर्न सक्नुपर्छ ।’ कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले पनि भेला बिथोल्न खोजेको तर सफल नभएको बताउनु भयो ।

ुसंस्थापन पक्षक‍ो एउटा सानो समूहले नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको ूबृहत कार्यकर्ता भेलाू लाई बिथोल्न गरेको पटक(पटकको प्रयास सफल हुन सकेन उहाँले फेसबुकमा लेख्नु भएको छ । नेतृत्वले गलत गरेको बेलामा खबरदारी गरेर सही बाटो देखाउने काम कार्यकर्ताले गर्नुपर्ने भन्दै उहहहाँले सत्यको बाटो नछोड्न पनि अपिल गर्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu