Connect with us
Kapilvast Forest

कृष्णनगरको पानीमा दुई जिवाणु नीमा कोलिफर्म र इ–कोली फेला

२०७८, २२ आश्विन शुक्रबारमा प्रकाशित

कृष्णनगरको पिउने पानीमा दिसाको जिवाणु फेला
कपिलवस्तु, कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडाबान्ता प्रभावित क्षेत्रको पिउने पानीमा कोलिफर्म र इ–कोली फेला परेको छ । फेला परेका दुबै जिवाणु मानव मलमुत्रमा पाइने जिवाणुरहेको चिकित्सकको भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तु प्रभावित क्षेत्रबाट संकलन गरेको पानीको नमुनामा कोलिफर्म भेटिएको कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो ।

नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट बितरण गरिएको धारा र ४० फुटदेखि माथि गाडिएका नल ९चापाकल० को नमुनामा कोलिफर्म भेटिएको हो । सय फुट भित्र गाडिएको नल ९हैण्डपम्प० मा भने जिवाणु फेला नपरेको बताइएको छ ।

संकलित नमुनाको बाणगंगामा रहेको प्रदेशस्तरीय प्रयोगशालामार्फत संघीय प्रयोगशाला बुटवलमा परिक्षण गरिएको थियो । समुदायबाट चार नमुना संकलन गरिएको बताइएको छ । ल्याबले दिएको जानकारीअनुसार अत्यधिक मात्रा कोलिफर्म र दिसामा पाइने जिवाणु फेला परेको घिमिरेले बताउनुभयो ।

रिपोर्टको पुर्ण विवरण आउन बाँकीरहेको उहाँले जानकारी दिनुभयो । कार्यालयले प्रभावित क्षेत्रबाट संकलन गरेको दिसाको नमुना परिक्षणको नतिजा बिहीवार रातीसम्म आउने बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu