Connect with us
Kapilvast Forest

ईपीएल क्रिकेटको उपाधिका लागि चितवनले पायो १ सय १२ रनको लक्ष्य

२०७८, २३ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं– एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जितका लागि १ सय १२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे ।

चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ तथा सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu